Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

गफाडी नम्बर एक भनेर केपी ओलीको नाम गिनिज बुकमा लेखिदिए हुन्छः माधव नेपाल

गफाडी नम्बर एक भनेर केपी ओलीको नाम गिनिज बुकमा लेखिदिए हुन्छः माधव नेपाल

  • सोमवार, पौष ५ २०७८

  • 682
    SHARES

  • गफाडी नम्बर एक भनेर केपी ओलीको नाम गिनिज बुकमा लेखिदिए हुन्छः माधव नेपाल

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीको नाम गफाडी नम्बर एक भनेर गिनिज बुकमा लेखिदिए हुने बताउनुभएको छ ।

    सोमबार(आज) समाजवादी प्रेस संगठनको आयोजनामा भएको ‘पुस ५ लाई कालो दिन’ बहस कार्यक्रममा अध्यक्ष नेपालले यस्तो बताउनुभएको हो ।

    ‘गफमा त उनीसँग कसैले सक्दैन । उनको नाम गिनिज बुकमा लेखिदिए हुन्छ । गफाडी नम्बर एक केपी ओली भनेर,’ उहाले भन्नुभयो, ‘पर पीडक नम्बर एक केपी ओली अरुलाई पीडा मात्रै दिने ।’

    उहाले आफूहरुले त्यस्तो कसैलाई नगर्ने भन्दै ओलीलाई सुध्रिन र सही बाटोमा आउन अझै पनि भनिरहेको बताउनुभएको छ ।

    अध्यक्ष नेपालले तत्कालिन नेकपाभित्र आएको विवादबारे चर्चा गर्दै प्रचण्ड सोझो भएर ओलीले जे भन्यो त्यही गर्दै गएको बताउनुभएको हो । तत्कालिन नेकपाका अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई चिन्नै नसकेको नेपालको भनाइ थियो ।

    ‘प्रचण्ड सोझो हुन पुग्नुभयो । कहिल्यै कुरा उठाउनुभएन, अव मेरो पालो भन्नुपथ्र्यो नि । उहाँले केपी ओलीजस्तो ज्याद्रो मान्छेलाई चिन्नै सक्नुभएन’, अध्यक्ष नेपालले नेकपाभित्रको विवाद र केपी ओलीको व्यवहारको व्याख्या गर्नुभयो । अध्यक्ष नेपालले ओलीले पटक पटक संसद विघटन गरेर र नेकपालाई विभाजन गरेको भन्दै ओली वामपन्थ नभएको टिप्पणी गर्नुभएको छ ।

    ‘केपी ओलीको वामपन्थ होइनन रामपन्थ हुन् । अग्रगमन होइन, प्रतिगमनको नारा लगाउदै यथास्थितिको पक्षमा ओलीले समाजवाद मन पराउँदैनन् ।’ उहाले सत्तारुढ गठबन्धन ५ वटै पार्टी अग्रगमनका पक्षपाती भएको भन्दै प्रतिगमनका हिमायती केपी ओली भएको दाबी गर्नुभएको छ ।

    अध्यक्ष नेपालले विदेशीको इशारामा चल्ने एकातिर र अग्रगमनको दिशामा चल्नेहरू अर्कोतिर हिँडिरहेको समेत बताउनुभएको छ । उहाले गठबन्धनले राष्ट्रिय सभाको निर्वाचन र उपनिर्वाचनमा संयुक्त रुपले अघि बढ्ने बताउनुभयो । सवैको चाहाना आम चुनावसम्म पनि मिलेर गठबन्धन अघि बढोस् भन्ने रहेको भन्दै त्यसबारे छलफल भइरहेको अध्यक्ष नेपालको भनाइ छ ।


    सोमवार, पौष ५ २०७८०३:१४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij