Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images

काठमाडौँमा भुसको आगोझैँ फैलियो कोरोना, एकैदिन भेटिए यति धेरै संक्रमित, अवस्था भयावह!

काठमाडौँमा भुसको आगोझैँ फैलियो कोरोना, एकैदिन भेटिए यति धेरै संक्रमित, अवस्था भयावह!

  • मंगलवार, श्रावण २० २०७७

  • 1.3K
    SHARES

  • काठमाडौँमा भुसको आगोझैँ फैलियो कोरोना, एकैदिन भेटिए यति धेरै संक्रमित, अवस्था भयावह!

    काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौँमा ४८ जना संक्रमित थपिएका छन्।

    भक्तपुरमा १३ र ललितपुरका १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ। काठमाडोँ उपत्यकामा मंगलबार थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका ११ तथा काठमाडौँका ३८ जनामा संक्रमण पुष्टि भएको हो। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका ५ जनामा संक्रमण पुष्टि भएको हो।

    नेपाल प्रहरी अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको हो। स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा काठमाडौँका २ तथा ललितपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।

    बीआईडीएच ल्याबमा गरिएको परीक्षणमा काठमाडौँका ३ जनामा संक्रमण पुष्टि भएको हो। नेपाल कोरिया मैत्री अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको हो।

    सरकारले संक्रमितहरुको जिल्लाबारे जानकारी दिए पनि उनीहरु बसिरहेको ठाउँ विशेषबारे कुनै जानकारी दिएको छैन।

    काठमाडौँ उपत्यकामा ६२ सहित देशभर थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ९ जना पुगेको छ।

    कोरोना संक्रमितका कारण नेपालमा मृत्यु हुनेको संख्या ५८ पुगेको छ । मोरङका एक पुरुषको सोमबार मृत्यु भएसँगै मृतकको संख्या ५८ पुगेको हो।


    मंगलवार, श्रावण २० २०७७०४:४६:१९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij