नेपालमा थप २५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २१ हजार ९ जना पुगेको ।
कोरोना संक्रमितका कारण नेपालमा मृत्यु हुनेको संख्या ५८ पुगेको छ। मोरङका एक पुरुषको सोमबार मृत्यु भएसँगै मृतकको संख्या ५८ पुगेको हो।