Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोनाका २७४ जनामा संक्रमित थपिए, २७० जना निको

कोरोनाका २७४ जनामा संक्रमित थपिए, २७० जना निको

  • शुक्रवार, पौष २ २०७८

  • 767
    SHARES

  • कोरोनाका २७४ जनामा संक्रमित थपिए, २७० जना निको

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    ७ हजार ६ सय ९१ जनाको पीसीआर परीक्षण गर्दा २६९ जना र १ हजार ३ सय २५ जनाको एन्टिजेन परीक्षण गर्दा २४ जना गरी २७४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    यस्तै पछिल्लो सोहि समयमा संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने २७० जना निको भएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २१ हजार ३४७ पुगेको छ । तीमध्ये ११ हजार ५७० जनाको मृत्यु भएको छ भने ८ लाख ८ हजार ३५३ जना संक्रमणमुक्त भएका छन् ।

    मन्त्रालयका अनुसार हाल देशभर ५ हजार ५२२ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५ हजार २४७ जना होम आइसोलेसनमा रहेका छन् भने २७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १०४ जना आईसीयू र २५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा २ लाख ६५हजार २२ जनाले कोभिड १९ विरुद्धको खोप लगाएका छन् ।


    शुक्रवार, पौष २ २०७८०५:५४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij