Jul 31 2026 | २०८३, श्रावण १५ गते

२०८३, श्रावण १५ गते
  • यो साता चर्चामा :
images

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

  • बिहिवार, पौष १ २०७८

  • 1.5K
    SHARES

  • कांग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

    काठमाडौं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित हुनुभएको छ।

    निर्वाचन समितिले मतपरिणाम घोषणा गर्न बाँकी छ। गगन थापा शेखर कोइराला प्यानलबाट र विश्वप्रकाश शर्मा प्रकाशमान सिंह प्यानलबाट महामन्त्रीमा विजयी हुनुभएको हो। गगन थापाले अत्यधिक ३०२३ मत ल्याउदा विश्वप्रकाश शर्माले २२४६ मत ल्याउनु भएको छ ।

    गगनले भने सुरुवाती चरणदेखि नै अग्रता लिनुभएको थियो । शर्मा र प्रकाशशरण महतबीच भने कडा प्रतिष्पर्धा भएको थियो।

    महामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशशरण महत र प्रदीप पौडेल, शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल , प्रकाशमान सिंह प्यानलबाट विश्वप्रकाश शर्मा प्रतिष्पर्धा उत्रिनुभएको थियो। डा. राजाराम कार्कीले महामन्त्रीमा स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो।

    कांग्रेस विधानमा महाधिवेशनबाट दुईजना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। कांग्रेसको १४ महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिनुभएको हो।

     


    बिहिवार, पौष १ २०७८०३:२६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij