Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
कांग्रेस १४औं महाधिवेशन

विमलेन्द्र निधिको पनि समर्थन देउवालाई

विमलेन्द्र निधिको पनि समर्थन देउवालाई

  • मंगलवार, मंसिर २८ २०७८

  • 846
    SHARES

  • विमलेन्द्र निधिको पनि समर्थन देउवालाई

    काठमाडौँ । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पनि सभापति पदको दोस्रो चरणको निर्वाचनमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् । देउवासँगको भेटपछि नेता निधिलेले देउवालाई नै समर्थन गर्ने जानकारी दिएका हुन् ।

    देउवा दोस्रो चरणमा आफूलाई समर्थन गर्न भन्दै मंगलबार(आज) बिहान निधि निवास वानेश्वर पुगेका थिए । निधिले आफ्नो समर्थन देउवालाई नै हुने बताएका छन् ।

    यसअघि मंगलबार बिहानै प्रकाशमान सिंहले पनि देउवालाई नै समर्थन गर्ने घोषणा गरिसकेका छन् । सिंह र निधिको समर्थनले दोस्रो चरणमा देउवा बलियो बन्न पुगेका छन् ।

    १४ औं महाधिवेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा देउवा, कोइराला र सिंहसहित विमलेन्द्र निधि र कल्याण गुरुङ प्रत्यासी थिए ।

    पहिलो चरणमा देउवाले २२५८ मत पाएका छन् । त्यस्तै, कोइरालाले १७०२, निधिले २४९, सिंहले ३७१ र गुरुङले २२ मत पाएका छन् ।

    अब दोस्रो चरणमा सबैभन्दा धेरै मत प्राप्त गर्ने देउवा र कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ । दुवै नेताले आफ्नो पक्षमा बहुमत जुटाउने प्रयास थालेका हुन् । दुवैले आफूनिकटलाई मतदातालाई रिझाउन र नेताहरूलाई फकाउन परिचालन गरेका छन् ।

    नकटाएको अवस्थामा सबैभन्दा धेरै मत प्राप्त गर्ने दुई प्रतिस्पर्धीकाबीच पुनः मतदान गराउनुपर्ने व्यवस्था छ ।

    दोस्रो चरणको निर्वाचन दिउँसो साढे ३ बजेदेखि सुरु हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले मतदानका लागि साढे ३ बजेदेखि साढे ७ बजेसम्मको समय निर्धारण गरेको हो । हिजो मतदान भएका तीन स्थानमा नै आज पनि मतदान हुने भएको छ ।

     


    मंगलवार, मंसिर २८ २०७८१२:३९:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij