Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कांग्रेस चुनाव : देउवाले पहिलो चरणमै नजिते शेखरले खेल उल्टाउने प्रक्षेपण

कांग्रेस चुनाव : देउवाले पहिलो चरणमै नजिते शेखरले खेल उल्टाउने प्रक्षेपण

  • सोमवार, मंसिर २७ २०७८

  • 2.2K
    SHARES

  • कांग्रेस चुनाव : देउवाले पहिलो चरणमै नजिते शेखरले खेल उल्टाउने प्रक्षेपण

    काठमाडौँ – नेपाली कांग्रेसको सभापतिका लागि प्रतिस्पर्धा गरेका अधिकांश उम्मेदवारहरुले निर्वाचन दोस्रो चरणमा जाने प्रक्षेपण गरेका छन् । तर प्रधानमन्त्रीसमेत रहनुभएका शेरबहादुर देउवाले भने आफू पहिलो चरणमा नै विजयी हुने दाबी गर्नुभएको छ ।

    आज भएको मतदानपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिने क्रममा सभापतिका उम्मेदवारहरु शेखर कोइराला, प्रकाशमान सिंह र विमलेन्द्र निधिले निर्वाचन दोस्रो चरणमा धकेलिने बताएका हुन् ।

    सभापतिको निर्वाचन दोस्रो चरणमा गए देउवाविरुद्ध नयाँ मोर्चाबन्दी गर्ने प्रत्यासीहरूको रणनीति छ । मतदानपछि सञ्चारकर्मीसँग कुरा गर्दै सभापति उम्मेदवार कोइरालाले सकेसम्म आफू पहिलो चरणमा विजयी हुने तर त्यसो हुन नसके दोस्रो चरणमा देउवाबाहेकका सबै उम्मेदवारहरुको मोर्चाबन्दीका लागि छलफल चलिसकेको बताउनुभयो ।

    सभापतिका अर्का प्रत्यासी प्रकाशमान सिंहले पहिलो चरणमै आफू विजयी हुन नसकेको अवस्थामा दोस्रो चरणमा नेतृत्व परिवर्तनका लागि आवश्यक रणनीति लिइने बताउनुभयो । तर उहाँले दोस्रो चरणको रणनीति स्पष्ट पार्नुभएका छैन ।

    सभापतिका अर्का प्रत्यासी विमलेन्द्र निधिले पहिलो चरणबाटै सभापतिको टुंगो लाग्ने सम्भावना नदेखिएको बताउनुभयो । सभापतिको निर्वाचन दोस्रो चरणमा पुग्ने दाबी गर्दै उहाँले पहिलो चरणको परिणाम आएपछि नयाँ मोर्चाबन्दीबारे छलफल गर्ने बताउनुभयो ।

    सभापतिका मुख्य तीन प्रतिस्पर्धीले निर्वाचन दोस्रो चरणमा जाने दाबी गरिरहँदा संस्थापन समूहले भने पहिलो चरणबाटै शेरबहादुर देउवा विजयी हुने दाबी गरेको छ । देउवा समूहकी नेतृ उमा रेग्मीले पहिलो चरणमै सभापतिमा शेरबहादुर विजयी हुने दाबी गर्नुभयो ।

    कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५१ प्रतिशत प्राप्त गर्नुपर्ने हुन्छ । अहिलेको गुटगत सन्तुलन हेर्दा कुनै पनि उम्मदवारले पहिलो चरणमा ५१ प्रतिशत ल्याउन कठिन हुन सक्ने देखिएको छ ।

    दोस्रो चरणको मतदान भए देउवाबाहेकका उम्मेदवारको मोर्चाबन्दी हुने र त्यसमा शेखरले खेल उल्टाउन सक्ने प्रक्षेपणहरु भइरहेका छन् । सभापतिको निर्वाचन दोस्रो चरणमा गए हार्न सकिने निष्कर्षका साथ संस्थापन समूहले पहिलो चरणमै ५१ प्रतिशत पु¥याउन अथक प्रयास गरेको छ ।


    सोमवार, मंसिर २७ २०७८०७:३४:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij