Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

थप ३४१ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

थप ३४१ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

  • सोमवार, मंसिर २७ २०७८

  • 442
    SHARES

  • थप ३४१ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ४१६ जनाको पीसीआर परीक्षण गर्दा ३१३ जना र २ हजार ८ सय २० जनाको एन्टीजेन परीक्षण गर्दा २८ जना गरी ३४१ जनामा संक्रमण पुष्टि भएकोे जनाएको छ ।

    यस्तै पछिल्लो सोहि अवधिमा ३ जनाको मृत्यु भएको छ भने ३७६ जना संक्रमणमुक्त भएका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख २० हजार ३४५ पुगेको छ । ती मध्ये ८ लाख ७ हजार १५४ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ५५७ जनाको मृत्यु भएको छ ।
    मन्त्रालयका अनुसार हाल देशभर ५ हजार ८२४ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ५ हजार ५०८ जना होम आइसोलेसनमा रहेका छन् भने ३१६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै १२६ जना आईसीयू र ३३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।


    सोमवार, मंसिर २७ २०७८०४:३९:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij