Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

‘गगन दाइ, हाई हाई, गगनकै खाँचो छ अब कांग्रेसलाई’ गीत सार्वजनिक (भिडियोसहित)

‘गगन दाइ, हाई हाई, गगनकै खाँचो छ अब कांग्रेसलाई’ गीत सार्वजनिक (भिडियोसहित)

  • शनिवार, मंसिर २५ २०७८

  • 2.1K
    SHARES

  • ‘गगन दाइ, हाई हाई, गगनकै खाँचो छ अब कांग्रेसलाई’ गीत सार्वजनिक (भिडियोसहित)

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार (हिजो)देखि काठमाडौंमा शुरु भएको छ । कांग्रेसको महाकुम्भ मानिएको जारी महाधिवेशनमा आकांक्षी धेरै देखिएका छन् ।

    महामन्त्रीको उम्मेदवारी घोषणा गर्नुभएका युवा नेता तथा पुर्वमन्त्री गगन थापालाई जिताउने अभियान स्वरुप ‘गगन दाइ हाई हाई’ बोलको गीत सार्वजनिक भएको छ ।

    भिडियोसहित बजारमा आएको गीतमा गगन थापाकोे आवश्यकता किन त उहाँले जिते देशले के पाउँछ र उहाँ नेतृत्वमा रहदाँ के–के राम्रा काम गर्नुभयो भन्ने केहि विषयबस्तु समेटिएका छन् ।

    गीतमा गायिका टिका पुन र कृष्ण रेउलेको स्वर रहेको छ भने अमृत अधिकारीको शब्द रहेको छ । गीतको संयोजन दुर्गा रायमाझीले गर्नुभएको छ भने गीतको संगीत शिव हमालले गर्नुभएको हो ।


    शनिवार, मंसिर २५ २०७८०७:३६:४९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij