काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी चुनावमा स्थानीय तहदेखि केन्द्रसम्म आफुहरुकै सरकार हुने बताउनु भएको छ।पार्टीको चौधौं महाधिवेशनको उद्घाटन सत्रलाई शुक्रबार समापनका क्रममा उहाँले यस्तो बताउनु भएको हो। ।
उहाँले आफ्नो पहलमा देशलाई केपी शर्मा ओलीको तानाशाही शासनबाट मुक्त गरेको पनि बताउनुभयो। ’म प्रधानमन्त्री भएका दिन जनताले मुक्ति पाए। ओलीको शासनबाट मुक्ति पाए’, उहाँले भन्नुभयो, , ’हाम्रा अगाडि अब जुन मुक्ति पाएका छौँ, बचाउने कि नबचाउने भन्ने छ।’
देउवाले कांग्रेसको महाधिवेशनबाट आफूले जितेपछि डर त्रासमुक्त समाज बन्ने पनि बताउनुभयो ।’यो महाधिवेशनले नेपाललाई डर त्रासबाट मुक्त समाज बनाउनेछ’, उनले भने, ’तानाशाही सरकार नआओस् भन्न यो महाधिवेशनले निर्णय गर्नुपर्छ।’
उहाँले आउँदो चुनावमा गाउँदेखि केन्द्रसम्म बहुमत ल्याउने जिम्मा पनि आफ्नो भएको बताउनुभयो । ’आउँदो सरकारमा गाउँदेखि माथिसम्म बहुमत ल्याउने जिम्मा मेरो भयो’, उनले भने, ’कांग्रेसको सरकार रहिरहे राष्ट्रिय सरकार र स्थानीय सरकार रहनेछ। कुनै हालतमा डर त्रासमुक्त शासन ल्याएर छाडिन्छ।’