Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि विवाद समाधान नभए एनसीसीहरुले केन्द्रलाई शुल्क नबुझाउने

प्रतिनिधि विवाद समाधान नभए एनसीसीहरुले केन्द्रलाई शुल्क नबुझाउने

  • शुक्रवार, मंसिर २४ २०७८

  • 1.3K
    SHARES

  • प्रतिनिधि विवाद समाधान नभए एनसीसीहरुले केन्द्रलाई शुल्क नबुझाउने

    काठमाडौं । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनसीसी)का अध्यक्षहरुले दशौं महाधिवेशनका लागि प्रतिनिधि (डेलिगेट्स) सम्बन्धी विवाद नसुल्झिँदासम्म एनसीसीहरुले केन्द्रलाई बुझाउने शुल्क नबुझाउने चेतावनी दिएका छन्।

    टिम कुलद्वारा बिहीबार आयोजित खुला डबली कार्यक्रममा राष्ट्रिय समन्वय परिषद (एनसीसी)यूकेका अध्यक्ष प्रेम गाहा मगरले एनसीसी युकेले विधान सम्मत ढंगले १७७ जना प्रतिनिधिको सूची अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) लाई पठाएको र केन्द्रले त्यसलाई स्वीकार्नु पर्ने बताए।

    “यदि हाम्रो सूचीलाई जस्ताको तस्तै स्वीकारिएन भने हामीले पनि सदस्यता शुल्क केन्द्रलाई पठाउने छैनौं,“ उनले भने। उनले अहिलेको संकट समाधान गर्न एनआरएन युकेले पहल गर्ने पनि बताए।
    एनआरएन अमेरिकाका अध्यक्ष बुद्धि सुवेदीले केन्द्रले अन्यायपूर्ण तरिकाले आफुहरुले पठाएको २५ प्रतिशत सदस्यता नामावली काटी दिएको बताए।

    “एकलौटी तरिकाले पेलेर एउटा स्वयम्सेवी संस्थालाई राजनीतिक संस्था बनाउन खोजिएको हो भने हामी त्यसमा किमार्थ सहमत छैनौं। हामी यस्तो निर्वाचनमा भाग लिदैनौं। “ उनले कामचलाउ अध्यक्ष कुमार पन्तले निर्वाचन समितिलाई दबाब दिएर निर्वाचन कार्यक्रम प्रकाशन गर्न लगाएको बताए। उनले आफुहरुले पठाएको मतदाता सूचीलाई स्वीकार नगर्ने हो भने एनसीसीहरुले केन्द्रलाई लेवी नपठाउने चेतावनी पनि दिए।

    एनसीसी कतारका अध्यक्ष मोहम्मद मोक्तादा मुसलमानले एनआरएनए सबै प्रवासी नेपालीको साझा संस्था भएको बताउँदै संस्था भित्र ’इगो’ को समस्या ल्याउन नहुने बताए। उनले बसेर, छलफल गरेर समस्याको समाधान निकाल्न पनि आग्रह गरे।

    यसै गरी एनसीसी अस्ट्रियाकी अध्यक्ष भवानी तिवारी, मलेसियाका अध्यक्ष बिनोद थापा, स्पेनका अध्यक्ष शालिकराम डुम्रे, आयरल्याण्डका अध्यक्ष बिनोद कार्की, नर्वेका अध्यक्ष जीवन शाही, अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, पूर्व अध्यक्ष केशव कंडेल, एनआरएन जापानका संस्थापक अध्यक्ष रञ्जन प्रधानांग, अमेरिकाका पूर्व अध्यक्ष सुनिल साह, एनआरएन युकेका प्रमुख संरक्षक शेर सुनार, केन्द्रीय उपाध्यक्ष पदका उम्मेदवार थर्क सेन, पूर्व आइसीसी सदस्य होम नाथ शर्मा, एनआरएन अमेरिकाका सल्लाहकार वेद खरेल लगायतले प्रतिनिधि समस्या समाधान गरेर मात्रै निर्वाचन कार्यक्रम अगाडी बढाउनु पर्ने नत्र ठूलो दुर्घटना हुन सक्ने चेतावनी दिए।

    २०२१–२३ का लागि महासचिव पदका उम्मेदवार तथा एनआरएन अमेरिकाका पूर्व अध्यक्ष डा। केशव पौडेलले एकलौटी रुपमा गराइने चुनाव आफुहरुलाई अमान्य हुने बताए। उनले वार्ता र संवादद्वारा समस्याको समाधान गर्न आग्रह पनि गरे।

     


    शुक्रवार, मंसिर २४ २०७८०८:५४:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij