Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
कांग्रेसको १४औं महाधिवेशन

गगन थापाले भोलि महामन्त्रीको उम्मेदवारी सम्बन्धि अवधारणा पत्र सार्वजनिक गर्दै

गगन थापाले भोलि महामन्त्रीको उम्मेदवारी सम्बन्धि अवधारणा पत्र सार्वजनिक गर्दै

  • बुधवार, मंसिर २२ २०७८

  • 1.2K
    SHARES

  • गगन थापाले भोलि महामन्त्रीको उम्मेदवारी सम्बन्धि अवधारणा पत्र सार्वजनिक गर्दै

    काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापा १४ औं महाधिवेशनमा महामन्त्री पदका लागि प्रचारप्रसारमा व्यस्त छन् ।

    काँग्रेसका भविष्य भनेर चिनिएका थापाले भोली मंसिर २३ गते नेपाली कांग्रेस केन्द्रियस्तरको महामन्त्रीको उम्मेदवारी सम्बन्धि अवधारणा घोषणा गर्न लागेका छन् ।

    प्रज्ञा भवनमा बिभिन्न नेताहरूका साथमा दिउँसो ३ बजे हुन लागेको घोषणासभामा उपस्थितिका लागि सबै तहतप्काका काँग्रेसहरूलाइ आव्हानसमेत गरिएको छ ।

    थापा संस्थापन इतरबाट महामन्त्री पदमा उम्मेदवार बन्ने करिब पक्का छ तथापि उनलाइ देशैभरका महाधिवेशन प्रतिनिधिले साझा उम्मेदवारको रूपमा हेरेको बताइन्छ ।

    कांग्रेस केन्द्रीय सदस्य रहेका थापा १३औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार थिए । उनीसँग अर्जुननरसिंह केसी पनि प्रतिस्पर्धामा थिए । महामन्त्रीमा विजयी भने शशांक कोइराला भएका थिए ।

     


    बुधवार, मंसिर २२ २०७८१२:३८:३९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij