काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार ९ हजार ३ सय ८६ जनाको पीसीआर परीक्षण गर्दा २७२ जना र २ हजार ४ सय २४ जनाको एन्टीजेन परीक्षण गर्दा ४३ जना गरी ३१५ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो सोहि समयमा संक्रमणबाट २ जनाको मृत्यु भएको छ भने ३०४ जना निको भएका छन् ।
आज थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १८ हजार ७६४ पुगेको छ । ती मध्ये ११ हजार ५४५ जनाको मृत्यु भएको छ भने ८ लाख ५ हजार २०५ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर ६ हजार ३५२ जना सक्रिय संक्रमित रहेका छन् ।