Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

कोरोनाका २६५ जना संक्रमित थपिए, २ जनाको मृत्यु

कोरोनाका २६५ जना संक्रमित थपिए, २ जनाको मृत्यु

  • सोमवार, मंसिर २० २०७८

  • 874
    SHARES

  • कोरोनाका २६५ जना संक्रमित थपिए, २ जनाको मृत्यु

    काठमाडौँ । नेपालमा थप २६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    गत २४ घण्टामा आरटी–पीसीआर र एन्टिजेन बिधिबाट ८ हजार ६१७ जनाको नमूना परीक्षण गर्दा सोमबार २६५ जनामा संक्रमण पुष्टि भएको हो।

    २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४३ पुगेको छ।

    गत २४ घण्टामा ३५७ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका मन्त्रालयले जानकारी दिएको छ।

    मन्त्रालयका अनुसार हाल देशभर हाल ६ हजार ३८६ जना सक्रिय संक्रमित रहेका छन्।


    सोमवार, मंसिर २० २०७८०३:५८:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij