काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा चासो राख्र्दै आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडा र मन्त्रालयका उच्च अधिकारीसँग छलफल गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित छलफलमा राष्ट्रपति भण्डारीले कोरोना भाइरसको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’बाट जोगिन विगतका हाम्रा अनुभवबाट पाठ सिकेर तत्काल सावधानी अपनाउन आवश्यक रहेको बताउनुभयो ।
उहाँले नयाँ भेरिएन्ट ओमिक्रोनबाट नागरिकको जीवन रक्षा गर्न जनस्वास्थ्यका मापदण्ड पालना गर्नेबारे जनचेतनाका कामलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।