Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

शिक्षकबारे प्रचण्ड अभिव्यक्तिको ओलीले गरे समर्थन

शिक्षकबारे प्रचण्ड अभिव्यक्तिको ओलीले गरे समर्थन

  • शुक्रवार, मंसिर १७ २०७८

  • 1.1K
    SHARES

  • शिक्षकबारे प्रचण्ड अभिव्यक्तिको ओलीले गरे समर्थन

    काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकले पढाउने कर्तव्य छोडेर राजनीति मात्रै गर्न नहुने बताउनुभएको छ । आज शिक्षक संगठनको १२औं जिल्ला अधिवेशनमा सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।

    ‘राजनीतिक पार्टीको कार्यकर्ताको हिसाबले पढाइ छोडेर पढाउने कर्तव्य छोडेर राजनीति मात्रै गर्न हुँदैन’ ओलीले भन्नुभयो तर, कतिपय देशमा चुनावमै शिक्षकहरु खटिने गरेको आफूले पाएको उहाँले स्मरण गर्नुभयो ।

    ‘१९०२ मा म अमेरिकामा क्लिन्नटन पहिलोपल्ट उम्मेदवार हुँदा चुनावको अब्जरभेसनका लागि गएको थिएँ । त्यहाँ मैले देखेँ चुनावी कार्यालयहरुमा चुनाव हाक्ने चुनावका व्यवस्थापकीय काम गर्ने विभिन्न पोस्टरहरु बनाउने विभिन्न प्ले कार्डहरु बनाउनेदेखि कहाँ के भइरहको छ सबै गर्ने शिक्षकहरु कोही रिपब्लिदकनका कोही डेमोक्रेटिक । बढी खट्ने शिक्षक थिए’, ओलीले भन्नुभयो । शिक्षक भएर चुनावमा खट्न हुन्छ ? भनेर सोध्दा ‘यो मेरो खुसीको कुरा हो भोलियन्टिरी यो काम गरिहेको छु’ भनेर जवाफ फर्काएको उहाँले सुनाउनुभयो ।

    एमाले अध्यक्ष ओलीले थप्नुभयो, हाम्रोमा चुनावमा खटाइन्छ । तर, त्यस हिसावले काम गर्न चाहीँ राजनीतिक रुपमा दिइँदैन ।’

    केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुले राजनीतिक गतिविधिमा अझ बढी सक्रिय भएर समाज परिवर्तनका लागि काम गर्नुपर्ने बताउनुभएको थियो । उहाँको अभिव्यक्तिप्रति समर्थन पुग्नेगरी आज ओलीको भनाइ आएको हो । 

    यसैबीच, एमाले अध्यक्ष ओलीले शिक्षकको समस्याहरु आफुलाई बोध रहेको पनि बताउनुभयो । २०२६ ०२७ सालतिर आफू प्राविको शिक्षक भएको र जेल बस्दा पनि पुस्तकै नभएकाहरुलाई पढाएको बताउनुभयो ।

    ‘जेलमा बस्दा पुस्तक नभएकालाई पढाएर पास गराउने काम गरेँ । बिना पुस्तक पढाउने र पास गराउनुपर्ने बडा कठिन थियो’ अध्यक्ष ओलीले भन्नुभयो, ‘समाजसास्त्र त्यस्ता विषयहरु थिए, जे मैले भन्थेँ त्यहि लेख्दा पनि पास भइहाल्थ्यो । केही साथीहरु राम्रै ढङ्गले अगाडि बढ्नुभएको छ । त्यो मौका पनि मैले पाएँ ।’


    शुक्रवार, मंसिर १७ २०७८०५:५७:३३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij