Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

कोरोनाका २४६ जना संक्रमित थपिए, मृत्यु हुनेको संख्या शून्य

कोरोनाका २४६ जना संक्रमित थपिए, मृत्यु हुनेको संख्या शून्य

  • शुक्रवार, मंसिर १७ २०७८

  • 531
    SHARES

  • कोरोनाका २४६ जना संक्रमित थपिए, मृत्यु हुनेको संख्या शून्य

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    ६ हजार ४ सय जनाको पीसीआर परीक्षण गर्दा २२३ जना र १ हजार ४ सय ३६ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जना गरी २४६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

    पछिल्लो सोहि अवधिमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । मन्त्रालयका अनुसार पछिल्लो पटक संक्रमणबाट कसैको पनि मृत्यु भएको छैन । हिजो भने ६ जनाको मृत्यु भएको थियो । सोहि समयमा संक्रमणमुक्त हुनेको संख्या भने ३४७ रहेको छ ।

    आज थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १७ हजार ७४१ पुगेको छ । ती मध्ये ८ लाख ३ हजार ७१६ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार ५३५ पुगेको जनाको मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार हाल देशभर ६ हजार ९२१ ज्ना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६ हजार ५७९ जना होम आइसोलेसनमा रहेका छन् भने ३४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये १०७ जना आईसीयू र ३४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

    मन्त्रालयका अनुसार जिल्लागत रुपमा सबैभन्दा धेरै काठमाडौंमा ५५, ललितपुरमा २९, मोरङमा १७, चितवनमा १४, झापा र कास्कीमा ११/११ जना तथा सिरहा र काभ्रेमा १०/१० जनामा कोरोना संक्रमण देखिएको छ ।


    शुक्रवार, मंसिर १७ २०७८०५:२७:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij