काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
७ हजार २ सय ३१ जनाको पीसीआर परीक्षण गर्दा २४३ जना र २ हजार ६ सय ५७ जनाको एन्टीजेन परीक्षण गर्दा १६ जना गरी २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो सोहि अवधिमा संक्रमणबाट १ जनाको मृत्यु भएको छ भने २६४ जना निको भएका छन् ।
आज थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या ९ लाख १६ हजार ६०९ पुगेको छ । तीमध्ये ११ हजार ५२४ जनाको मृत्यु भएको छ भने ८ लाख २ हजार ६५३ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल ६ हजार ९४४ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घण्टामा देशभर १ लाख ४४ हजार ५३४ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।