Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

थप १५८ जनामा कोरोना संक्रमण, ३४२ जना निको

थप १५८ जनामा कोरोना संक्रमण, ३४२ जना निको

सक्रिय संक्रमितको संख्या ७ हजार तल झर्‍यो
  • आइतवार, मंसिर १२ २०७८

  • 459
    SHARES

  • थप १५८ जनामा कोरोना संक्रमण, ३४२ जना निको

    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा १५८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ६०४ जनाको पीसीआर विधिबाट परिक्षण गर्दा १५४ तथा एन्टिजेन विधिबाट २ हजार ३१४ जनाको परिक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको हो ।

    पछिल्लो सोहि अवधिमा थप ३४२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म कूल संक्रमितमध्ये ८ लाख २ हजार ३८९ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९७.७ प्रतिशत रहेको छ । हाल देशभर ६ हजार ९६६ जना सक्रिय संक्रमित रहेका छन् ।

    यस्तै, थप २ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् । योसँगै मृत्युहुनेको कूल संख्या ११ हजार ५२३ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ लाख २७ हजार ६११ जनाले कोरोनाभाइरस विरुद्धको खोप पनि लगाएका छन् ।


    आइतवार, मंसिर १२ २०७८०३:३६:२२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij