Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

थप ३ सय ८ जनामा कोरोना संक्रमण , ३ को मृत्यु

थप ३ सय ८ जनामा कोरोना संक्रमण , ३ को मृत्यु

  • बिहिवार, मंसिर ९ २०७८

  • 372
    SHARES

  • थप ३ सय ८ जनामा कोरोना संक्रमण , ३ को मृत्यु

    काठमाडौं । नेपालमा थप ३०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ३०८ जना संक्रमित थपिएका हुन्।

    पछिल्लो २४ घण्टामा ८ हजार ९०९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

    ७ हजार १०४ जनाको पिसिआर परीक्षण र १८०५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ७ हजार ३४९ जना सक्रिय संक्रमित छन्।

    यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ३ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५१६ पुगेको छ।
    २०८ जना निको समेत भएको मन्त्रालयले जनाएको छ। यसैगरी कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत छ।

    त्यस्तै, काठमाडौं उपत्यकामा १३० थपिएका छन्। जसमध्ये काठमाडौंमा ७८, ललितपुरमा ३६ र भक्तपुरमा १६ संक्रमित छन्।

     


    बिहिवार, मंसिर ९ २०७८०४:४५:५७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij