काठमाडौँ – कोरोना महामारी तीव्र रुपमा फैलिरहेको पर्साको वीरगञ्जमा सरकारले उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
वीरगञ्जमा पछिल्लो समय कोरोना संक्रमतिको संख्या निक्कै बढेको छ । त्यहाँ साउन यता मात्रै कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भइसकेको छ।
यसैबीच पछिल्लो चौबिस घण्टामा नेपालमा २४६ जना कोरोना संक्रमित थपिएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ५७ रहेको छ ।