काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९ सय २१ जनाको पीसीआर परीक्षण गर्दा ३६७ जना र २ हजार ७ सय ७६ जनाको एन्टिजेन परीक्षण गर्दा १८ जना गरी ३८५ जनामा संक्रमण देखिएकोे छ ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने २५८ जना निको भएका छन् ।
आज थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १९ हजार ३८६ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार ३३२ जनामा पुष्टि भएको छ । संक्रमितमध्ये हालसम्म ८ लाख ६१७ जना संक्रमणमुक्त भएका छन् भने संख्या ११ हजार ५ सय जनाको मृत्युभएको छ ।
मन्त्रालयका अनुसार हाल देशभर ७ हजार २६९ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६ हजार ८२७ जना होम आइसोलेसनमा रहेका छन् भने ४४२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तै २३० जना आईसीयू र ५५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।