Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
एमाले महाधिवेशन

शक्तिमान ओली भर्सेस शक्तिहीन रावल, यस्तो छ लेखाजोखा

शक्तिमान ओली भर्सेस शक्तिहीन रावल, यस्तो छ लेखाजोखा

  • आइतवार, मंसिर ५ २०७८

  • 2.0K
    SHARES

  • शक्तिमान ओली भर्सेस शक्तिहीन रावल, यस्तो छ लेखाजोखा

    काठमाडौँ – माधवकुमार नेपालको बिडो थाम्ने अवसर लत्याएर एमालेमै रहनुभएका उपाध्यक्ष भीम रावलले १० औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । योसँगै यसपटक केपी ओलीलाई सर्वसम्मत अध्यक्षमा चयन गर्ने उनीपक्षीय नेताहरूको प्रयास सफल नहुने देखिएको छ ।

    ओलीलाई टक्कर दिने घोषणा उपाध्यक्ष रावलले पार्टी कार्यालयबाटै गर्न चाहनुभएको थियो, तर महासचिव ईश्वर पोखरेलले थापाथलीस्थित पार्टी कार्यालयमा पत्रकार सम्मेलनका लागि हल खाली नभएको जवाफ दिएपछि रावल रिपोर्टस क्लव पुग्नुभयो । रावलले पार्टी कार्यालयमा पत्रकार सम्मेलनका लागि ठाउँ नपाएको दुखेसो पत्रकारहरुमाझ पोख्नुभयो ।

    पत्रकार सम्मेलनमा रावलले पार्टीको नीतिअनुसार सञ्चालन हुन आफूले उम्मेदवारी घोषणा गरेको बताउनुभयो । मुलुकलाई समृद्ध बनाउन एमालेको नेतृत्व गर्ने अठोट आफूले गरेको रावलले बताउनुभयो ।

    पार्टी नेतृत्व १० बुँदे सहमति कार्यन्वयनमा इमानदार नभएको र नेकपा एकता जोगाउन असफल भएको भन्दै रावलले आगामी महाधिवेशनमा केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी घोषणा गर्नुभएको हो ।

    केपी ओली नै अबको सर्वसम्मत अध्यक्ष हुने भन्दै एमालेका प्रभावशाली नेताहरुले बताइरहेका बेला रावलले टक्कर दिने घोषणा गरेपछि उहाँको अहिलेको सामथ्र्यबारे पनि विभिन्न विश्लेषणहरु हुन थालेका छन् ।

    यसअघि नवौँ महाधिवेशनमा सबैभन्दा धेरै मत पाएर उपाध्यक्षमा निर्वाचित रावल १० औँ महाधिवेशनसम्म आइपुग्दा भने निकै कमजोर अवस्थामा छन् ।

    आफैँ उपाध्यक्ष भएर पनि पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्न नसकेको घटनाले एमालेमा रावलको सामथ्र्य कति घटेको रहेछ भन्ने सहजै अनुमान गर्न सकिन्छ ।

    रावलको विकल्पका रूपमा सुदूरपश्चिमबाट उदाएका नेताहरु कसैले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गर्दैमा केही फरक नपर्ने बताउँछन् । सुदूरपश्चिममा भीम रावलसँग एमालेको पाँच प्रतिशत तागत पनि शेष नरहेको एक नेताले बताउनुभयो ।

    नेकपा विभाजनपछि पनि भीम रावलको शक्तिमा खासै क्षयिकरण आएको थिएन । विभिन्न मुद्दामा अध्यक्ष ओलीको खरो आलोचनामा उत्रने रावल शक्ति केन्द्रकै हैसियतमा रहनुभएको थियो । तर जब एमाले विभाजन भयो र भूगोलका नेताहरुले पनि उहाँलाई साथ दिएनन् रावल शक्तिहीन बन्दै जानुभयो ।

    भूगोलमा पनि पकड गुमाएका रावलको अहिलेको शक्ति १० बुँदे सहमति गरेर एमालेमा बसेका नेताहरुलाई मानिन्छ । तर ती नेताहरु पनि अहिले तितरवितर भइसकेका छन् । उनीहरुमध्ये अधिकांशले ओलीतर्फ झुकाव देखाइसकेका छन् । त्यसैले एमाले अध्यक्षमा उठ्ने रावलको घोषणा पार्टीबाट ससम्मान विदाई हुने चाहनास्वरुप भएको विश्लेषण राजनीतिक वृत्तमा भइरहेको छ ।


    आइतवार, मंसिर ५ २०७८०७:२५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij