Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

रात नबित्दै कसरी तुहियो सभापतिमा शेखरलाई समर्थन गर्ने कोइराला परिवारको सहमति ?

रात नबित्दै कसरी तुहियो सभापतिमा शेखरलाई समर्थन गर्ने कोइराला परिवारको सहमति ?

  • बुधवार, मंसिर १ २०७८

  • 1.4K
    SHARES

  • रात नबित्दै  कसरी तुहियो सभापतिमा शेखरलाई समर्थन गर्ने कोइराला परिवारको सहमति ?

    काठमाडौँ – कोइराला परिवारबाट कांग्रेस केन्द्रीय सदस्य शेखर कोइरालालाई आसन्न १४ औँ महाधिवेशनमा सभापतिको साझा उम्मेदवार बनाउने योजना तत्कालका लागि तुहिएको छ ।

    महामन्त्री शशांक कोइरालाले कांग्रेस सभापतिसमेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेपछि शेखरलाई सभापतिको साझा उम्मेदवार बनाउने सहमति एकरात नबित्दै तुहिएको हो ।

    हिजो कोइराला परिवारबीच सभापतिमा शेखरलाई अघि सार्ने सहमति भएर आज बिहान महामन्त्री कोइरालाको महाराजगञ्जस्थित निवासमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम तय भइसकेको थियो । तर कोइराला परिवारको यो सहमति भाड्न सभापति देउवा सफल भएको चर्चा कांग्रेसीहरुबीच भइरहेको छ ।

    हुन त शशांकले यसअघि पनि शेखरलाई सभापतिमा समथर्न गर्ने संकेत दिनुभएको थियो । सर्लाहीको हरिवनमा सोमबार भएको कांग्रेस भेलामा डा. कोइरालाले इतर समूहबाट केन्द्रीय सदस्य डा. शेखर साझा उम्मेदवार हुन सक्ने संकेत गर्नुभएको थियो ।

    शशांक कोइराला सर्लाहीबाट फर्केपछि हिजोसाँझ बसुन्धारास्थित शेखर कोइरालाको घरमा भएको छलफलमा शशांकसहित सुजाता कोइराला पनि यसपालि शेखरलाई सभापति छोड्न तयार भएका थिए । यसको औपचारिक जानकारी सुजातालाईसमेत सँगै राखेर आज बिहान शशांक निवास महाराजगञ्जमा पत्रकार सम्मेलन गरेर दिने टुंगो लागेको थियो ।

    तर शेखर र सुजातालाई बचन दिएर बसुन्धाराबाट महाराजगञ्ज फर्किएका शशांक आज बिहान पत्रकार सम्मलेनका लागि तयार भएनन् बरु बालुवाटार जानुपर्ने भयो भन्दै शेखरसँग बिदा मागेर निवासबाट निस्के । स्रोतका अनुसार शशांककै सचिवालयबाट कोइरालात्रयको सहमतिबारे कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासम्म खबर पुगेको थियो ।

    आफूविरूद्ध कोइरालाहरू एक हुन लागेको थाहा पाएर देउवाले शशांकलाई बालुवाटार बोलाएपछि परिस्थिति एकाएक उल्टियो । देउवासँगको भेटपछि अघिल्लो रात शेखरलाई दिएको वचन तोडेर शशांक हेलिकोप्टरमा संखुवासभा पुग्नुभएको छ ।

    त्यहाँ पुगेर उहाँले सभापतिमा आफैँ उठ्ने घोषणा पनि गर्नुभएको छ । शेखरलाई सभापतिमा सघाउने वचनबाट शशांक किन पछि हटेका हुन् अथवा देउवासँग के सहमति भयो भन्ने विवरणहरु खुलिसकेको छैनन् । यद्यपि शशांकलाई संखुवासभा लैजाने योजना बालुवाटारबाटै बनेको चर्चा भइरहेकोछ ।


    बुधवार, मंसिर १ २०७८०७:४०:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij