काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ८ जनाको पीसीआर परीक्षण गर्दा २९१ जना र १ हजार ५ सय ९८ जनाको एन्टिजेन परीक्षण गर्दा १५ जना गरी ३०६ जनामासंक्रमण देखिएकोे हो ।
यस्तै पछिल्लो सोहि अवधिमा संक्रमणबाट ६ जनाको मृत्यु भएको छ भने ३४८ जना निको भएका छन् ।
आज थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या ९ लाख १२ हजार ५३ पुगेको छ । तीमध्ये ११ हजार ४७७ जनको मृत्यु भएको छ भने ७ लाख ९८ हजार २७४ जना संक्रमणमुक्त भएका मन्त्रालयको तथ्याँकमा उल्लेख छ ।
हाल देशभर ७ हजार २१५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६ हजार ६९९ जना होम आइसोलेसनमा रहेका छन् भने ५१६ जना संस्थागत आइसोलेसनमा रहेका छन् । यस्तैे २२२ जना आईसीयू र ६७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।