Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कोरोना संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १८९ पुग्यो

कोरोना संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १८९ पुग्यो

  • आइतवार, श्रावण १८ २०७७

  • 588
    SHARES

  • कोरोना संक्रमणबाट विदेशमा ज्यान गुमाउने नेपालीको संख्या १८९ पुग्यो

    काठमाडौं । विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड– १९) को संक्रमणबाट विदेशमा मृत्यु हुने नेपालीको संख्या १८९ पुगेको छ । पछिल्लो एक हप्तामा मात्र विदेशमा २८ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघ (एनआरएनए)ले जनाएको छ ।

    भारतमा २५, साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका हुन् । यससँगै संक्रमणका कारण विदेशमा १८९ नेपालीको मृत्यु भएको एनआरएनएले जनाएको छ ।

    विश्वका ३८ देशमा रहेका नेपाली कोरोना भाइरसको शिकार भएको र सबैभन्दा बढी भारतको महाराष्ट्रमा रहेका नेपाली छन् । एनआरएनएले लण्डनबाट आइतबार बिहान जारी गरेको प्रेस विज्ञप्तिमा लक्जम्बर्गमा पारिवारिक जमघटमा भेला भएका ३५ नेपाली एकैपटक संक्रमित भएको उल्लेख गरिएको छ ।


    आइतवार, श्रावण १८ २०७७०१:३८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij