Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेले सार्वजनिक गर्‍यो राष्ट्रिय महाधिवेशनको लोगो

एमालेले सार्वजनिक गर्‍यो राष्ट्रिय महाधिवेशनको लोगो

  • शुक्रवार, कार्तिक २६ २०७८

  • 793
    SHARES

  • एमालेले सार्वजनिक गर्‍यो राष्ट्रिय महाधिवेशनको लोगो

    काठमाडौँ । नेकपा एमालेले पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ ।

    आज ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव ईश्वर पोखरेलले नयाँ लोगो सार्वजनिक गर्नुभएको हो ।

    यस अवसरमा पार्टीका कार्यालय सचिव शेरबहादुर तामाङले ईसेवामार्फत् पार्टीका हरेक सदस्यहरूलाई कम्तीमा सय रुपैयाँ महाधिवेशनका लागि आर्थिक सहायता प्रदान सिष्टमबारे जानकारी गराउनुभएको थियो ।

    एमालेको सो राष्ट्रिय महाधिवेशन यही मंसीर १०, ११ र १२ गते चितवनमा आयोजना हुँदैछ । महाधिवेशनमा १९९९ जना प्रतिनिधिहरू सहभागी हुनेछन् । त्यसका लागि भोलि देशभर प्रतिनिधि चयन हुने बताइएको छ ।

    सूर्य चिन्हसँगै एकसिंगे गैंडाले कम्युनिस्ट पार्टीको झण्डा बोकिरहेको चित्र नयाँ लोगोमा छ भने एमालेको चुनाव चिह्न पनि राखिएको छ। ।


    शुक्रवार, कार्तिक २६ २०७८०२:३७:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij