Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

  • बिहिवार, कार्तिक २५ २०७८

  • 633
    SHARES

  • फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौँ । नेपाल आयल निगमले दुई हप्ता पनि नबित्दै दोस्रो पटक खाना पकाउने एलपी ग्याससहित सबै प्रकारको इन्धनको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनले कात्तिक १५ गते पठाएको नयाँ मूल्यसुचीअनुसार इन्धनको भाउ बढेको जनाउँदै मूल्य बढाएको हो ।

    निगमका सहप्रवक्ता पुष्कर कार्कीका अनुसार नयाँ मूल्यअनुसार घाटा हुने देखिएपछि कात्तिक २४ गते बसेको निगम सञ्चालक समितिले इन्धनको मूल्य बढाउने निर्णय गरेको हो ।

    सञ्चालक समितिको निर्णयअनुसार पेट्रोल, डिजेल र मटितेलको साबिकको बिक्री मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ, खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ७५ रुपैयाँ बढाइएको छ । नयाँ मूल्य बुधबार गएराति १२ बजेदेखि नै लागू भएको निगमले जनाएको छ । निगमले आन्तरिक तथा बाह्य हवाई इन्धनमा साविकको बिक्री मूल्यमा प्रतिलिटर ५ रुपैयाँले वृद्धि गरेको जनाएको छ ।

    मूल्यवृद्धिपश्चात् पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ३६ रुपैयाँ, डिजेल र मटितेल ११९/११९ रुपैयाँ, खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १५ सय ७५ रुपैयाँ पुगेको छ । यसअघि यही कातित्तक १३ गतेदेखि लागू हुने गरि निगमले इन्धनमा मूल्यवृद्धि गरेको थियो ।


    बिहिवार, कार्तिक २५ २०७८०६:५९:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij