Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमसीसी फिर्ता लैजान अमेरिकालाई वामदेवको सुझाव

एमसीसी फिर्ता लैजान अमेरिकालाई वामदेवको सुझाव

  • बुधवार, कार्तिक २४ २०७८

  • 758
    SHARES

  • एमसीसी फिर्ता लैजान अमेरिकालाई वामदेवको सुझाव

    काठमाडौं – नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) फिर्ता लिन अमेरिकालाई आग्रह गर्नुभएको छ ।

    एमसीसी सम्झौता अहिले संसदबाट पारित हुने अवस्था नदेखिएको भन्दै गौतमले फिर्ता लिन अमेरिकालाई आग्रह गर्नुभएको हो ।

    ‘नेपालमा अहिलेको जटिल अवस्थामा जुन सरकार बनेको छ र जस्तो अवस्थामा संसद रहेको छ, नेपाल सरकारले र संसदले पनि अनुमोदन गर्न सक्ने अवस्था देखिन्न’ गौतमले बुधबार विज्ञप्तिमार्फत भन्नुभएको छ, ‘यस्तो अवस्थामा म नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारसमक्ष एमसीसी परियोजना फिर्ता गर्न विनम्र अनुरोध गर्दछु ।’

    नेपालको अवस्था मध्यनजर गरेर एकपक्षीय रुपमा भए पनि एमसीसी परियोजना फिर्ता लिन गौतमले अमेरिकी सरकारलाई आग्रह गर्नुभएको छ ।


    बुधवार, कार्तिक २४ २०७८०८:०२:२७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij