Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सभामुख सापकोटासहित सचिवालयका सबैमा कोरोना नेगेटिभ

सभामुख सापकोटासहित सचिवालयका सबैमा कोरोना नेगेटिभ

  • आइतवार, श्रावण १८ २०७७

  • 717
    SHARES

  • सभामुख सापकोटासहित सचिवालयका सबैमा कोरोना नेगेटिभ

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । सभामुख सापकोटासहित उहाँका सचिवालय र सुरक्षामा खटिएका सुरक्षाकर्मी सबैका कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो ।

    सापकोटाको स्कर्टिङमा रहेको सवारी साधनमा खटिएका एक सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएपछि स्वास्थ्य प्रोटोकलअनुसार शुक्रबार सभामुख सापकोटासहित उहाँका सचिवालयका कर्मचारी र सुरक्षाकर्मीको स्वाव संकलन गरी पीसीआर विधिबाट परीक्षण गरिएको थियो ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामाबाट गएराति आएको रिपोर्टअनुसार सबैमा कोरोना नेगेटिभ रहेकोे सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।


    आइतवार, श्रावण १८ २०७७११:५१:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij