Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पछिल्लो २४ घण्टामा कोरोनाका ४०८ बिरामी थपिए, ८ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोनाका ४०८ बिरामी थपिए, ८ जनाको मृत्यु

  • आइतवार, कार्तिक १४ २०७८

  • 447
    SHARES

  • पछिल्लो २४ घण्टामा कोरोनाका ४०८ बिरामी थपिए, ८ जनाको मृत्यु

    काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ७३१ पीसीआर परीक्षणमा ३७६ जना र २ हजार १६८ एन्टिजेन परीक्षणमा ३२ जना गरी ४०८ जनामा संक्रमण पुष्टि भएको हो ।
    मन्त्रालयका अनुसार पछिल्लो सोहि अवधिमा ५१८ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ ।
    हाल देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ३७६ जना रहेको छ भने निको हुने दर ९७.४ प्रतिशत रहेको छ । यस्तै हालसम्म संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १२ हजार ५७० र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९४ हजार ५३५ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ७ लाख ९१ हजार ७८७ जना निको भएका छन् ।


    आइतवार, कार्तिक १४ २०७८०४:३४:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij