Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

३१५ संक्रमित थपिए, जम्मा ९६ जना डिस्चार्ज

३१५ संक्रमित थपिए, जम्मा ९६ जना डिस्चार्ज

  • शनिवार, श्रावण १७ २०७७

  • 730
    SHARES

  • ३१५ संक्रमित थपिए, जम्मा ९६ जना डिस्चार्ज

    काठमाडौँ – नेपालमा थप ३१५ जना कोरोना सक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो चौबिस घण्टामा ३१५ संक्रमित थपिएका जानकारी दिए ।

    यो सँगै हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ३८ रहेको उनले जानकारी दिए ।

    पछिल्लो चौबिस घण्टामा जम्मा ६ हजार ९ सय ९३ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

    हालसम्म नेपालमा ३ लाख ८२ हजार ४ सय ९० जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

    क्वारेन्टिनमा रहेकाहरुको संखया ११ हजार ५ सय ३३ छ ।

    गत चौसिब घण्टामा ९३ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएका छन् । यो सँगै आजसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार ४ सय ९२ पुगेको छ ।

    सरकारले स्थलमार्गबाट आएका व्यक्तिहरुलाई नाकामै पीसीआर परीक्षण गरेर रिपोर्ट नआउन्जेल सम्बन्धित स्थानीय तहले क्वारेन्टिनमा राख्न सूचना गरेको छ ।


    शनिवार, श्रावण १७ २०७७०४:३६:३०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij