Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधिसभाको बैठक कात्तिक २९ गतेसम्मलाई स्थगित

प्रतिनिधिसभाको बैठक कात्तिक २९ गतेसम्मलाई स्थगित

  • बिहिवार, कार्तिक ११ २०७८

  • 483
    SHARES

  • प्रतिनिधिसभाको बैठक कात्तिक २९ गतेसम्मलाई स्थगित

    काठमाडौँ । नेकपा एमालेको अवरोधका कारण प्रभावित हुँदै आएको प्रतिनिधि सभाको बिहीबारको बैठक स्थगित भएको छ। अर्को बैठक कात्तिक २९ गते सोमबारका लागि तोकिएको छ।
    आजको बैठकमा पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद्हरुले अवरोध गरेका छन्। सभामुख अग्निप्रसाद सापकोटाले बैठक प्रारम्भ भएको घोषणा गर्नासाथ एमाले सांसद्हरु वेल घेर्न पुगेका थिए। सभामुखले बाढी पहिरोले पुर्‍याएको क्षति तथा समसामयिक विषयमा सदनमा छलफल गर्नुपर्ने भएकाले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरेका थिए। तर, एमालेका सांसद्हरुले अवरोध जारी राखेका थिए।
    एमालेको अवरोधकाबीच सभामुख अग्नि सापकोटाले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीबाट गजेन्द्र हमालले दिएको राजीनामा राष्ट्रपति स्वीकृत भएकोबारे राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए । यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गरेका थिए ।
    सभामुख सापकोटाले प्रतिनिधि सभा नियमावली २०७५ को नियम २१० को उपनियम ४ बमोजिम प्रतिनिधि सभा सदस्यहरुबाट प्राप्त अनुपस्थितिको सूचनाहरु स्वीकृतिका लागि प्रस्तुत गरेका थिए। झलनाथ खनाल, कर्मा घले, प्रदीप गिरि गत भदौ २३ देखि कात्तिक ११ सम्मका १३ बैठकमा अनुपस्थित भएका थिए। उनीहरु सबै उपचार प्रक्रियामा रहेकाले उपस्थित नभएका हुन्। बैठकले यो सूचना सभाले स्वीकृति जनाएको छ।
    सभामुख सापकोटाले कार्तिक २९ गते सोमबार दिनको १ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरेका छन् ।
    आफ्नो पार्टीले कारवाही गरेका १४ सांसदलाई सभामुख सापकोटाले जोगाएको भन्दै एमालेले प्रतिनिधि सभाको नवौं अधिवेशनको १३ वटा बैठक अवरुद्ध गरिसकेको छ ।


    बिहिवार, कार्तिक ११ २०७८०३:१५:०१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij