Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त

धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त

  • बुधवार, आश्विन २० २०७८

  • 949
    SHARES

  • धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना बर्खास्त

    काठमाडौं । सरकारले धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई पदबाट बर्खास्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले बोर्डका अध्यक्ष ढुंगानालाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

    सर्वोत्तम सिमेन्टको शेयर विवादमा मुछिएका ढुंगानालाई न्यायिक छानबिन समितिले दिएको प्रतिवेदनका आधारमा सरकारले पदबाट बर्खास्त गरेको हो ।

    बुक बिल्डिङ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको १० हजार कित्ता शेयर ढुङ्गानाले आफ्नै छोरीका नाममा लिएको समाचार बाहिरिएको थियो ।

    यही विषयमा छानबिन गर्न गएको महिनाको मन्त्रिपरिषद् बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको संयोजकत्वमा छानबिन समिति बनाएको थियो ।


    बुधवार, आश्विन २० २०७८०७:३८:१२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij