काठमाडौँ । प्रतिनिधिसभाको बैठक असोज १४ गतेसम्मका लागि स्थगित भएको छ ।
आज बसेको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक राष्ट्रपतिबाट भएको प्रमाणीकरण भएको र राष्ट्रियसभाबाट बजेट आश्रित दुई विधेयक पारित भई आएको जानकारी गराएर स्थगित भएको हो ।
आजको बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिरोध जारी राखेको थियो । सभामुख सापकोटाले दल विभाजनमा ’सहयोग’ गरेको भन्दै एमाले सांसदहरुले प्रतिनिधि सभाको नवौं अधिवेशनको पहिलो बैठकदेखि नै विरोध गर्दै आएका छन् ।
तर धेरैजसो बैठक भने एमाले सांसदको नाराबाजीकै बीच सभामुख अग्निप्रसाद सापकझटाले सञ्चालन गर्नुभएको छ ।
आजको बैठकमा भने एमाले सांसदहरुले नयाँ ’नारा’ पनि लगाएका छन् । उनीहरुले ’कालो धनलाई वैधानिक बनाउन पाइँदैन’ भन्दै नारा लगाएका छन् ।