Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

घर मर्मत गर्नु छ ? एक फोनमा प्राविधिक घरमै

घर मर्मत गर्नु छ ? एक फोनमा प्राविधिक घरमै

  • शुक्रवार, आश्विन ८ २०७८

  • 1.4K
    SHARES

  • घर मर्मत गर्नु छ ? एक फोनमा प्राविधिक घरमै

    काठमाडौं । घर मर्मत सम्वन्धी सेवा उपलब्ध गराउने गरी काठमाडौमा औजारः एक सोलुसन’ कम्पनी सञ्चालनमा आएको छ ।

    घर, अफिस, पसल वा अन्य ठाउँमा बिजुलीको लाइन, खानेपानी वा ढलको पाइपलगायत मर्मत गर्नु परेमा फोन गरेको भरमा कम्पनीका कर्मचारी घरमै आएर सेवा दिने भएका छन् ।

    कम्पनीले हाल नयाँ तथा पुराना घर, अफिस, अपार्टमेन्ट मर्मत, सरसफाइ, कोठा छुट्याउने, रंगरोगन, गार्डेनिङसहित २२ प्रकारका सेवा दिइरहेको कम्पनीका प्रवन्ध निर्देशक उत्सव भट्टराईले जानकारी दिनुभयो ।

    व्यक्तिलाई बोलाएर काम लगाउनुभन्दा संस्थाको मान्छेलाई काम लगाउँदा ठगिने संभावना कम हुने भएकाले सेवाग्रहीहरुको विश्वास बढ्दै गएको उहाँका अनुभव छ ।

    कम्पनीको कार्यालयमा १५ जना र सम्पर्कका माध्यमबाट काम गर्ने समेत गरी ६३ जनाको टिम रहेको उहाँले बताउनुभयो ।

    उनीहरुले विदा वा चाडपर्वको बेलामा पनि २४सै घण्टा सेवा दिने गरेका छन् । सेवा शुल्क पनि महंगो नभएको भट्टराईको भनाई छ ।

    सरकारबाट मान्यता प्राप्त र विद्यालयबाट इन्जिनियरिङसहित विभिन्न तह पास गरेका प्राविधिकहरूसँगको सहकार्यमा काम गरिरहेको कम्पनीले जनाएको छ ।

    कम्पनीले कर्मचारीलाई सञ्चयकोष, दुर्घटना बीमा, उपचार लगायत सेवा–सुविधा समेत दिएको छ । यस्ता सुविधाहरु पनि पाइने र काम पनि पाइने भएकाले कम्पनीमा कामदारहरुको अकर्षण बढेको प्रवन्ध निर्देशक भट्टराईले बताउनुभयो ।

    कम्पनीको बालुवाटारमा मूख्य कार्यालय रहेको छ भने पोखरा, चितवन, बुटवल, हेटौडामा पनि सेवा सुरू गरिरहेको छ ।

    अन्य ठाउँहरुमा पनि कार्यालय स्थापना गरेर सेवा दिने तयारी भएको भट्टराइले जानकारी दिनुभयो ।

     


    शुक्रवार, आश्विन ८ २०७८१०:२९:२५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij