काठमाडौँ – नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले मन्त्रिपरिषद् विस्तार भोलि हुने बताउनुभएको छ ।
बुधबार पार्टीको स्थायी कमिटीको बैठकपछि पत्रकारसँग कुरा गर्दै महराले भोलिसम्म मन्त्रिपरिषद् विस्तारको काम सकिने बताउनुभएको हो ।
बुधबार सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताको बैठक बस्ने र त्यसले मन्त्रालय भागवण्डा टुंग्याउने महराले जानकारी दिनुभयो ।
‘अध्यादेशको कारणले डिले भएको थियो । अब त्यो काम करिब करिब सिद्धियो । आज र भोलिसम्म सरकार विस्तारको कम सिद्धिन्छ’ महराले भन्नुभयो ।
बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकले दलविभाजनसम्बन्धी अध्यादेशको टुंगो लगाउने पनि प्रवक्ता महराले बताउनुभयो ।
दल विभाजन अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने उहाँले बताउनुभयो ।