Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

एमालेद्वारा राष्ट्रिय सभामा सभामुख सापकोटाको राजीनामा माग

एमालेद्वारा राष्ट्रिय सभामा सभामुख सापकोटाको राजीनामा माग

  • मंगलवार, आश्विन ५ २०७८

  • 419
    SHARES

  • एमालेद्वारा राष्ट्रिय सभामा सभामुख सापकोटाको राजीनामा माग

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटालाई राजीनामा गर्न प्रमुख प्रतिपक्ष एमालेले माग गरेको छ । राष्ट्रिय सभाको बैठकमा एमालेका सांसद भैरवसुन्दर श्रेष्ठले सभामुख सापकोटाले राजीनामा गरेर मार्ग प्रशस्त गर्नुपर्ने माग गर्नुभएको हो ।

    राष्ट्रिय सभाको आजको बैठकमा सांसद श्रेष्ठले बैठक अवरुद्ध गर्ने क्रममा भननुभयो, ’कुर्सीको गरिमा जोगाउनुपर्छ । तत्काल उहाँले एउटा निकास दिनुपर्छ भनेका छौं, त्यो भनेको राजीनामा हो ।’ गैर सांसदलाई सदनमा बस्न अनुमति सभामुखले दिएको भन्दै सडकदेखि सदनसम्म प्रश्न उठेको सांसद श्रेष्ठको भनाइ छ ।

    सभामुखले जसपा सांसद सरिता गिरी, माओवादी सांसदहरू लेखराज भट्ट, प्रभु साह, गैरिशंकर चौधरी र टोपबहादुर रायमाझीलाई कारबाही पत्र पाएलगत्तै कारबाही गर्ने तर एमालेका सांसद कारबाही परेको सूचना नटाँसेको भन्दै विभेद गरिएको श्रेष्ठको भनाइ थियो । सभामुखले राजीनामा नदिए वा सूचना नटाँसे सदन चल्न नसक्ने उहाले जानकारी दिनुभयो ।

    राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बस्न आग्रह गर्नुभएको थियो । एमालेले विरोध जारी राखेपछि अध्यक्ष तिमिल्सिनाले अर्थमन्त्री जनार्दन शर्मालाई विनियोजन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिनुभएको थियो ।

    यसैगरि, प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)को अवरोधकाबीच राष्ट्रिय सभामा विनियोजन विधेयक, २०७८ पेश भएको छ ।
    राष्ट्रिय सभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसदहरुको विरोधका बिच राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त भएको ‘विनियोजन विधेयक, २०७८’ राष्ट्रिय सभा समक्ष पेश गर्नुभएको हो।

    विनियोजन विधेयक राष्ट्रिय सभामा पेस भएपछि बैठक स्थगित भएको छ । अर्को बैठक बिहिबार २ बजे बस्नेगरी स्थगित भएको छ ।

     


    मंगलवार, आश्विन ५ २०७८०२:५९:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij