Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

प्रदेश एक र बागमतीमा छिट्टै हाम्रो नेतृत्वमा सरकार बन्दैछ, स्वागतका लागि तयार रहनुस् : माधव नेपाल

प्रदेश एक र बागमतीमा छिट्टै हाम्रो नेतृत्वमा सरकार बन्दैछ, स्वागतका लागि तयार रहनुस् : माधव नेपाल

  • सोमवार, आश्विन ४ २०७८

  • 752
    SHARES

  • प्रदेश एक र बागमतीमा छिट्टै हाम्रो नेतृत्वमा सरकार बन्दैछ, स्वागतका लागि तयार रहनुस् : माधव नेपाल

    काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले प्रदेश नम्बर १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ ।

    सोमबार पेसागत महासंघ नेपालको राष्ट्रिय समितिको बिस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रदेश १ र बागमती प्रदेशमा छिट्टै समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्न लागेको बताउनुभएको हो ।

    उहाँले प्रदेश नम्बर २, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आफ्नो पार्टीको सशक्त उपस्थिति रहेको भन्दै नेतालाई धन्यवाद समेत व्यक्त गर्नुभयो ।

    आफ्नो पार्टी कसैको पार्टी भन्दा कम नभएकाले नेता, कार्यकर्तालाई नआत्तिन उहाँले आग्रह गगर्नुभयो ।

    ‘एक र तीन नम्बर प्रदेश (बागमती)मा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ। तपाईँहरु स्वागत गर्नका लागि तयार रहनुस् भन्न चाहन्छु’, उहाँले भन्नुभयो ।

    अध्यक्ष नेपालले एमालेबाट आफूहरू चोइटिएर हाइसञ्चो भएको भन्ने केपी ओलीको भनाईप्रति लक्षित गर्दै हाइसञ्चो भएको मान्छेले किन संसदमा नारा लगाउनुपर्‍यो भन्ने प्रश्न समेत गर्नुभयो ।

    पिलो निचोरिएर आनन्द भयो भन्ने मान्छेले किन दिनदिनै संसदमा कराउनु परेको भन्ने पनि उहाँले प्रश्न गर्नुभयो ।

    ‘आज हामी सुनिरहेका छौँ चोइटिएर केही मान्छेहरु गए, हाइसञ्चो भयो । यो साच्चै हो भने त त्यो संसदमा नारा किन लगाउनुपर्‍यो हाइसञ्चो भएको मान्छेले कति छन् र ९ प्रतिशत २ प्रतिशत भन्दै, पिलो निचरिएर आनन्द भयो भन्ने मान्छेले दिनदिदै किन त्यहाँ कराउनुपर्ने स्थिति बनेको छ संसदमा?,’ नेपालले भन्नुभयो ।

    उहाँले सर्वोच्च अदालतमा विचाराधिन विषयमा संसदमा कुरा उठाउन नपाइने भए पनि एमाले सांसदहरु अरुको काँधमा चढेर, माइक खोस्दै नाँक भाचिदिन्छु भन्दै संसदमा उफ्रिएको टिप्पणी समेत गर्नुभयो ।


    सोमवार, आश्विन ४ २०७८०५:४३:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij