काठमाडौँ । प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको निरन्तरको अवरोधका कारण सभामुख अग्निप्रसाद सापकोटाले बैठक मंगलबार दिउँसो १ः०० बजेसम्मका लागि स्थगित गरेका हुन् ।
आइतबार प्रतिनिधिसभा बैठक सुरु हुनासाथ एमाले सांसदहरुले नाराबाजी गरेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको थियो । त्यसपछि फेरि बैठक सुरु भएपनि एमालेको अवरोध कायमै रहेपछि बैठक भदौ २९ गतेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित भएको हो ।
सापकोटाले सहमति, सहकार्य र छलफलबाट सहमति निकाल्न आग्रह समेत गरेका छन् । उनले सहमतिको विकल्प नभएको बताउँदै गम्भीर हुन समेत दलका नेताहरुलाई आग्रह गरेका छन् ।
पार्टीले कारबाही गरेका माधव नेपालसहितका १४ सांसदलाई पदमुक्त नगरेको भन्दै एमाले सदन अवरुद्ध पार्दै आएको छ ।