Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

उड्डयन प्राधिकरणले सार्वजनिक गर्‍यो सेप्टेम्बर महिनाकको अन्तर्राष्ट्रिय उडान तालिका

उड्डयन प्राधिकरणले सार्वजनिक गर्‍यो सेप्टेम्बर महिनाकको अन्तर्राष्ट्रिय उडान तालिका

  • बिहिवार, भाद्र २४ २०७८

  • 621
    SHARES

  • उड्डयन प्राधिकरणले सार्वजनिक गर्‍यो सेप्टेम्बर महिनाकको अन्तर्राष्ट्रिय उडान तालिका

    काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सेप्टेम्बर महिनाका लागि अन्तर्राष्ट्रिय उडान तालिका सार्वजनिक गरेको छ । नयाँ तालिका अनुसार अब काठमाडौंबाट भारतको राजधानी नयाँ दिल्लीका लागि सातामा १० उडान हुने भएको छ । यसमध्ये नेपाल एयरलाइन्सले दैनिक एक उडान गर्नेछ । भारतीय ध्वजाबाहक एयर इण्डियाले भने यस रुटमा साताको तीन उडान (आइतबार, मंगलबार र शुक्रबार) गर्ने गरी अनुमति पाएको छ ।

    यूएईको सारजहा विमानस्थलबाट एयर अरेवियाले हरेक दिन दुई उडान गर्ने गरी अनुमति पाएको छ । एयर अरेवियाकै जहाज आबुधाबीबाट समेत हरेक दिन काठमाडौं आउन पाउने गरी अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्वीकृत गरेको तालिकामा उल्लेख छ ।

    फ्लाई दुबईको जहाज दुबई इन्टरनेसनल एयरपोर्टबाट सातामा १० उडानसहित काठमाडौं आउने छ । हिमालय एयरलाइन्सले मलेसियाको क्वालालाम्पुर विमानस्थलमा सोमबारबाहेक साताको ६ उडान गर्नेछ । दुबई विमानस्थलमा हिमालयको जहाजले शुक्रबारबाहेक साताको ६ उडान गर्नेछ । कतारको हमाद इन्टरनेशनल विमानस्थटलमा हिमालयको जहाजले सातामा कुल ७ उडान गर्ने गरी अनुमति पाएको छ ।

    जजिरा एयरवेज कुवेतबाट हरेक दिन एक उडान लिएर काठमाडौं आउने छ । कोरियन एयरको जहाज दक्षिण कोरियाबाट हरेक बुधबार काठमाडौं आउने गरी अनुमति पाएको छ । मालिन्दो एयरको जहाजले क्वालालाम्पुरबाट साताको चार उडान गर्नेछ । मलेसिया एयरलाइन्सको जहाज हरेक शनिबार क्वालालाम्पुरबाट काठमाडौं आउने भएको छ ।

    नेपाल एयरलाइन्सले कतारको हमाद इन्टरनेसनलमा हरेक दिन एक उडान गर्नेछ । दुबई इन्टरनेसनल एयरपोर्टबाट नेपाल एयरलाइन्सले सातामा चार उडान गर्नेछ । प्राधिकरणले सार्वजनिक गरेको यो तालिका ३० सेप्टेम्बरसम्म लागु हुने छ ।


    बिहिवार, भाद्र २४ २०७८०४:२६:१५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij