काठमाडौँँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटी बैठक बोलाउनुभएको छ । आज दिउँसो साढे २ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बैठक बोलाएको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिनुभएको छ ।
बैठकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल हुनुका साथै पार्टीको निर्वाचन कार्यविधिका बारेमा समेत छलफल हुने छ ।
यसअघि नेकपा माओवादी केन्द्रले पार्टी विधान बनाएको छ । उक्त विधान आगामी पुसमा हुने सम्मेलनबाट परिमार्जनसहित पारित गर्ने माओवादीको तयारी छ ।