Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

काठमाडौँमा रोकिएन संक्रमण, आज पनि थपिए १५ संक्रमित

काठमाडौँमा रोकिएन संक्रमण, आज पनि थपिए १५ संक्रमित

  • बुधवार, श्रावण १४ २०७७

  • 783
    SHARES

  • काठमाडौँमा रोकिएन संक्रमण, आज पनि थपिए १५ संक्रमित

     

    काठमाडौँ – काठमाडौँ उपत्यकामा १५ सहित नेपालमा बुधबार थप २१० जना कोरोना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौँका १४ र भक्तपुरका १ गरी देशभर २१० जना संक्रमित थपिएका बुधबार जानकारी दिए।

    प्रवक्ता डा. गाैतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा भक्तपुरका १ तथा काठमाडौँका २ जनामा संक्रमण पुष्टि भएको हो।

    यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका ७ जना र वीर अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका २ जनामा संक्रमण पुष्टि भएको छ।

    त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका एक जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी स्टार अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौँका २ जनामा संक्रमण पुष्टि भएका छ।

    मन्त्रालयले काठमाडौंका संक्रमित कुन ठाउँका हुन् भन्ने खुलाएको छैन । मंगलबार काठमाडौं उपत्यकामा ५३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

    उनका अनुसार योसँगै अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ५३६० रहेको छ । पछिल्लो चौबिस घण्टामा देशभर जम्मा ६०३७ जनाको पीसीआर परीक्षण गरिएको थियो । हाल १४ हजार ४सय ७१ जना क्वारेन्टिनमा रहेका प्रवक्ता गौतमले बताए।

    यस्तै कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १४ हजार २१ पुगेको छ । पछिल्लो चौबिस घण्टामा १४६ जना संक्रमण मुक्त भएका गौतमले बताए।

     


    बुधवार, श्रावण १४ २०७७०४:४५:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij