Jul 28 2026 | २०८३, श्रावण १२ गते

२०८३, श्रावण १२ गते
  • यो साता चर्चामा :
images

मंसिर दोस्रो साता एमालेको दशौँ महाधिवेशन

मंसिर दोस्रो साता एमालेको दशौँ महाधिवेशन

  • मंगलवार, भाद्र ८ २०७८

  • 1.0K
    SHARES

  • मंसिर दोस्रो साता एमालेको दशौँ महाधिवेशन

    काठमाडौँ – नेकपा एमालेले दशौँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर दोस्रो सातामा गर्ने भएको छ ।

    माधवकुमार नेपाल समूहमा रहेका, तर नयाँ पार्टीमा नगएका १० जना स्थायी कमिटी सदस्यहरु समेत सहभागी भएको स्थायी कमिटी बैठकले १० बुँदे सहमति अनुमोदन गर्दै कार्यान्वयनका लागि कार्यदल बनाएको छ ।

    साथै महाधिवेशन र विधान सम्मेलनको मिति समेत तोकेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो।
    उहाँ अनुसार मंसिर १०, ११ र १२ गते पार्टीको दशौं राष्ट्रिय महाधिवेशन गर्ने निर्णय भएको छ । त्यसअघि कात्तिक ६ गते वडा र ९ गते पालिका अधिवेशन हुनेछ ।

    त्यसअघि असोज ४, ५ र ६ गते विधान अधिवेशन हुने छ । विधान महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजबारे छलफल गर्न भदौ २५ र २६ गते स्थायी कमिटी र २७ र २८ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय भएको ज्ञवालीले जानकारी दिनुभयो।

    साथै असोज मसान्तसम्म सदस्यता नवीकरण गर्ने पनि स्थायी कमिटी बैठकले गरेको छ । २ जेठ २०७५ मा कायम रहेका सदस्यहरु, त्यसपछि थप भएका र एकता प्रक्रियामा आएका कार्यकर्ताको पनि सदस्यता नवीकरण गरिने प्रवक्ता ज्ञवालीले जानकारी दिनुभयो।


    मंगलवार, भाद्र ८ २०७८०७:४३:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij