Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२०७५ जेठ २ मा फर्कियो एमाले, ६ सदस्यीय कार्यदल गठन

२०७५ जेठ २ मा फर्कियो एमाले, ६ सदस्यीय कार्यदल गठन

  • मंगलवार, भाद्र ८ २०७८

  • 918
    SHARES

  • २०७५ जेठ २ मा फर्कियो एमाले, ६ सदस्यीय कार्यदल गठन

    काठमाडौँ – नेकपा एमाले स्थायी कमिटी बैठकले दशबुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

    पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल छोडेका दश स्थायी कमिटी नेताहरु सहित बसेको बैठकले दशबुँदे सहमति कार्यान्वयन गर्ने निर्णय गरेको हो ।

    निर्णयअनुसार एमाले पार्टी संरचना २ जेठ २०७५ अगाडिको अवस्थामा क्रियाशील हुने सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो।

    १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन, विभागहरुको पूर्णता दिने लगायत प्रयोजनका निम्ति सात सदस्यीय कार्यदल बनाइएको छ ।


    कार्यदलमा उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिवहरु विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन् ।

    १०–१२ मंसिरमा दशौं महाधिवेशन र ४–६ असोजमा विधान महाधिवेशन गर्ने निर्णय भएको छ ।

    बैठकले एमालेको पार्टी सदस्यता २ जेठ २०७५ अगाडिको आधारबाट अगाडि बढाइने भएको छ । सदस्यता नवीकरण असोज मसान्तभित्र गरिने निर्णय भएको ज्ञवालीले बताए ।

    बैठकले भदौ १६ देखि २० गतेसम्म जिल्ला र जनसंगठनहरुको भेला गर्ने पनि एमालेले निर्णय गरेको छ । त्यसअघि १० भदौमा केन्द्रीय कमिटी बैठक बस्ने भएको छ ।


    मंगलवार, भाद्र ८ २०७८०७:४१:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij