Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

भारतमा पहिलो डीएनए कोरोना खोपलाई अनुमति

भारतमा पहिलो डीएनए कोरोना खोपलाई अनुमति

  • आइतवार, भाद्र ६ २०७८

  • 1.2K
    SHARES

  • भारतमा पहिलो डीएनए कोरोना खोपलाई अनुमति

    एजेन्सी । भारतको औषधि नियामकले विश्वको पहिलो डीएनए कोरोना खोपलाई अनुमति दिएको छ । खोप निर्माता काडिला हेल्थकेयरले निर्माण गरेको जीकोभ–डी खोपलाई भारतीय खोप नियामकले अनुमति दिएको हो ।

    कम्पनीले सार्वजनिक गरेको आन्तरिक अध्ययनको नतिजा अनुसार संक्रमण नियन्त्रणको लागि यो खोप ६६ प्रतिशत प्रभावकारी देखिएको छ । भारतीय कम्पनी काडिला हेल्थकेयरले वार्षिक रुपमा १२ करोड डोज कोरोना खोप उत्पादन गरिने बताएको छ ।

    यो भारतीय कम्पनीले विकास गरेको दोस्रो कोरोना खोप हो । काडिला हेल्थकेयरका अनुसार कम्पनीले अहिले अनुमति दिइएको खोप २८ हजार मानिसमा परीक्षण गरिएको थियो । यीमध्ये एक हजार जना १२ देखि १८ वर्ष उमेर समूहका थिए ।

    डीएनए खोप आरएनए तथा एमआरएनए खोपको तुलनामा सस्तो, सुरक्षित र स्थिर हुने वैज्ञानिकहरुले बताएका छन् । यो खोप २ देखि ८ डिग्री सेल्सियसको तापक्रममा राख्न सकिन्छ ।


    आइतवार, भाद्र ६ २०७८१२:४५:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij