काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दल विभाजन गर्न सरकारले ल्याएको अध्यादेश कांग्रेसका लागि महँगो पर्ने चेतावनी दिनुभएको छ ।
एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले फुटाउन खोज्दा कांग्रेसले ठूलो मूल्य चुकाउनुपर्ने बताउनुभयो।
गठबन्धनले ऐतिहासिक भनेको सर्वोच्च अदालतको फैसलाको समेत अध्यादेशले अवहेलना गर्ने ओलीले बताउनुभयो।
एमालेले गलत मनाशाय र उद्देश्य राखेर ल्याइएको अध्यादेश तत्काल फिर्ता लिएर तीन दिनभित्र संसद अधिवेशन बोलाउन सरकारलाई चेतावनी दिएको एमाले नेता गोकुल बास्कोटाले बताउनुभयो।
बैठकले विभिन्न चारवटा प्रस्ताव पारित गरेको छ ।