काठमाडौं – वैदेशिक रोजगार विभागले व्यक्तिगत र संस्थागत रुपमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जानेहरुको कोभिड–१९ को खोप लगाएको क्युआर कोड सहितको प्रमाणपत्रसम्बन्धि सूचना जारी गरेको छ । आज जारी गरिएको सूचनाअनुसार व्यक्तिगत श्रम स्विकृत लिनेको हकमा वेबसाइटमार्फत आफैंले र कठिनाइ भएमा नजिक रहेको स्वास्थ्य संस्था वा स्वास्थ्य सेवा विभागबाट लिन अनुरोध गरिएको छ ।
निर्देशक डम्बरबहादुर सुनुवारद्वारा जारी गरिएको सूचनामा भनिएको छ, ‘भ्याक्सिन एमओएचपी जिओभी डट एनपीमा गइ आफ्नो निवेदनको प्रमाणपत्र हेर्न तथा डाउनलोड गर्न सक्नु हुनेछ ।’
