काठमाडौं – घटना पाल्पाको रिब्दीकोट गाउँपालिका–६ ठिमुरेस्थित तल्लो तालको हो । स्थानीय कर्णबहादुर लम्तरीको घरमा दिनहुँ स्यालले दुःख दिन्थ्यो । कुखुरा खाने गथ्र्यो । शुक्रबार बुलुका पनि मकैबारीमा एउटा स्याल आयो । घटना ६ बजेतिरको हो ।
जब स्याल आयो त्यसपछि कर्णबहादुरले स्याललाई मार्न भनेर भरुवा बन्दुक लिए । र, मकैबारीतिर तेस्र्याएर पड्काए । तर, घटना सोचेभन्दा फरक भयो । आफ्नै बाबुुले चलाएको भरुवा बन्दुकको गोलीको छर्रा छोरा धनबहादुरलाई लाग्यो । बारीमा काम गरिरहेका उनको मृत्यु भयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।