Aug 07 2026 | २०८३, श्रावण २२ गते

२०८३, श्रावण २२ गते
  • यो साता चर्चामा :
images

नियुक्तिपत्र लिएलगत्तै कुलमानले गरे पदभार ग्रहण

नियुक्तिपत्र लिएलगत्तै कुलमानले गरे पदभार ग्रहण

  • बुधवार, श्रावण २७ २०७८

  • 618
    SHARES

  • नियुक्तिपत्र लिएलगत्तै कुलमानले गरे पदभार ग्रहण

    काठमाडौं – नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक कुलमान घिसिङले पदभार ग्रहण गर्नुभउको छ । आज रत्नपार्कस्थित कार्यालय पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो ।

    यसअघि, आजै घिसिङले नियुक्तिपत्र बुझ्नुभएको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीबाट उहाँले नियुक्तिपत्र लिनुभएको हो ।

    सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो ।

    kulman ghising.jpg

    प्राधिकरणमा कार्यकारी निर्देशक रहेका हितेन्द्रदेव शाक्यलाई भने ऊर्जा आयोगमा सरुवा गरिएको बताइएको छ ।

    २०७७ भदौमा आफ्नो चारवर्षे कार्यकाल पूरा गरेर विदा हुनुभएका घिसिङ फेरि प्राधिकरणमा फर्किनुभएको हो ।

    २०७३ सालमा कार्यकारी निर्देशक नियुक्त हुनुभएका घिसिङले यसअघिको कार्यकालमा देशलाई लोडसेडिङमुक्त गर्न प्राधिकरणबाट नेतृत्वदायी भूमिका खल्नुभएको भन्दै सर्वत्र प्रशंशा भएको थियो ।

    गत वर्ष घिसिङको कार्यकाल सकिएका वेला सर्वसाधारणले उहाँलाई पुनःनियुक्ति गर्न सरकारलाई माग गरेका थिए । तर, तत्कालिन केपी शर्मा नेतृत्वको सरकारले घिसिङको सट्टा शाक्यलाई नियुक्त गरेको थियो ।


    बुधवार, श्रावण २७ २०७८०२:२३:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij